मधेशी एसोसिएशन अफ अमेरिका (MAA) सिकागो च्याप्टर गठन
सिकागो (अमेरिका)- मधेशी एसोसिएसन अफ अमेरीका (MAA) को सिकागो च्याप्टर गठन गरिएको छ ।
मधेशी एसोसिएसन अफ अमेरीकाका केन्द्रिय अध्यक्ष शुनिल शाहको सहभागीतामा भएको एक कार्यक्रमले (MAA) को सिकागो च्याप्टर गठन गरेको हो । नेपाल भित्र र बाहिर रहेका मधेसी समुदायको बृहत्तर हित तथा संस्कार र संस्कृतिको संरक्षणका लागी गठन गरिएको सिकागो च्याप्टरको अध्यक्षमा रामेश्वर चौधरी चयन हुनुभएको छ ।

यस्तै उपाध्यक्षमा बिक्रम थारु र जगदिश यादव, महासचिवमा स ुवास कर्ण, सचिवमा स ुमित चौधरी तथा कोषाध्यक्षमा इन्द्रकान्त चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा बिरेन्द्र यादव, बिनोद शाह, प्रमोद मण्डल, अरुण शाह लगायतका चयन हुनुभएको MAA का केन्द्रिय अध्यक्ष शुनिल शाहले जानकारी दिनुभयो ।
सो अवसरमा नव गठित च्याप्टरका पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष शाहले प्रमाणपत्र समेत बितरण गर्नुभएको थियो ।