गायक समिरको नयां गितको छायांकन अष्टिनमा, शुबेचन र अनुको अभिनय
अष्टिन (टेक्सास)- चर्चित युवा गायक समिर आचार्यको पछिल्लो आधुनिक गित टेक्सासको अष्टिनमा छायांकन गरिदै छ ।
मंगलवार अष्टिन स्थित मिक्नी फल्समा गितको छायांकन शुरु गरिएको गायक तथा निर्देशक आचार्यले बताउनुभयो । गितमा युवा मोडल शुबेचन श्रेष्ठ र अनु आचार्यको अभिनय रहेको छ ।

गित र भिडियोबारे छायांकन सकिएपछि पुर्ण जानकारी दिने गायक तथा निर्देशक आचार्यले बताउनुभयो । अष्टिनका बिभिन्न मनोरम स्थलमा छायांकन गरेर गितको भिडियो निर्माण गरिने भएको हो ।
अष्ट्रेलियाबाट बिभिन्न कार्यक्रमको शिलशिलामा अमेरीका आएका गायक आचार्यले आफ्नो नयां गितको छायांकन स्थल टेक्सासको राजधानी अष्टिनलाई छनौट गर्नुभएको हो । नयां गितमा अभिनय गरिरहंदा आफु हर्षित भएको गितका युवा मोडल शुबेचन श्रेष्ठले प्रतिक्रिया दिनुभयो ।

दुनिया बेग्लै छ, चट्ट सलाम छ, नक्कली काली, हैन भन्देउ न लगायतका गित बाट चर्चा कमाएका गायक आचार्यले छायांकन भइरहेको गित र भिडियो पनि सफल हुने बताउनुभयो ।