अष्टिनमा गायक समिरको साथमा डिजे नाइट विथ समिर सम्पन्न (भिडियो सहित)
अष्टिन (टेक्सास)– टेक्सासको अष्टिनमा चर्चित युवा गायक समिर आचार्यको उपस्थितीमा डिजे नाइट विथ समिर नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार राती १२ बजे पछि अष्टिन स्थित बम्बई टु काठमाडौं रेष्टुरेन्टमा कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको कार्यक्रम संयोजक तथा युवा मोडल शुबेचन श्रेष्ठले जानकारी दिनुभयो ।
अष्टिनमा गरिने हरेक कार्यक्रम बिहान, दिउंसो या सांझको समयमा हुने भएपनि यो सांगितिक कार्यक्रम मध्यरात पछि आयोजना गरिएकोले दिउंसो देखी राती सम्म काम गर्ने युवाहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
सो अवसरमा गायक आचार्यले दुनिया बेग्लै छ, हैन भन्देउ न माया लगायत नेपाली राष्ट्रिय गान संगै अन्य चर्चित गित प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सोचेको भन्दा सफल भएकोले आगामी दिनमा पनी अन्य मनोरञ्जनात्मक कार्यक्रम गर्न हौस्याएको कार्यक्रम संयोजक शुबेचन श्रेष्ठको भनाई रहेको छ ।
टेक्सासको अस्टिनमा (डि जे नाइट विथ समिर) कार्यक्रम
Posted by Kc Sher on Sunday, July 2, 2017