दक्षिण कोरियामा हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु
रे समाचार/काठमाडौं । दक्षिण कोरियाको ग्याङ्वोन प्रान्तको पूर्वी तटीय क्षेत्र काउन्टी याङयाङमा आइतबार भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
समाचार संस्था योनहापका अनुसार दुर्घटनास्थानीय समय अनुसार बिहान १०ः५० बजे भएको बताइएको छ । दुर्घटना पश्चात अग्नि नियन्त्रकहरुले हेलिकोप्टरमा लागेको आगो निभाउने क्रममा पाँचवटा शव फेला पारेका छुन् ।
सोक्चो, गोसेओङ र याङयाङका स्थानीय सरकारहरूले वन डढेलोविरुद्धको गतिविधि सञ्चालन गर्न संयुक्त रूपमा हेलिकोप्टर भाडामा लिएका थिए । सोही हेलिकप्टर दुर्घटनाग्रस्त भएको योनहापले जनाएको छ । हेलिकोप्टरमा कती जना सवार थिए योनहापले स्पस्ट पारेको छैन । दुर्घटनाको कारण पत्ता लगाउन दक्षिण कोरियाली अधिकारीहरुले छानविन सुरु गरेको बताइएको छ ।