तरुण दल अध्यक्ष जितजंग अष्टिनमा, जन सम्पर्क अष्टिन च्याप्टरको स्वागत कार्यक्रम सम्पन्न
अष्टिन (टेक्सास)- नेपाली जन सम्पर्क समिती अमेरीका अष्टिन च्याप्टरले सोमबार अष्टिनमा भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत लगायतको टोलीको अमेरीका भ्रमणका क्रममा अष्टिनमा स्वागत गरिएको हो ।
नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत लगायत नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल विद्यार्थी संघका पुर्ब अध्यक्ष गोबिन्द भट्टराई, नेपाली कांग्रेस सिन्धुलीका सभापती उज्वल बराल, युवा नेता प्रगतीमान रञ्जीत तथा नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्बर २ का सभापती उपेन्द्र कार्कीको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको जन सम्पर्क समिती अमेरीकाका उपसभापती सिपी पौडेलले बताउनुभयो ।
कार्यक्रममा नेपालको समसामयीक विषयमा छलफल भएको बताइएको छ । जन सम्पर्क समिती अमेरीका अष्टिन च्याप्टर सभापती प्रेम पाण्डेको सभापतीत्वमा भएको कार्यक्रममा अष्टिन तथा यस आसपास क्षेत्रमा बस्ने नेपाली कांग्रेसमा आस्था राख्ने नेपालीहरुको सहभागीता रहेको थियो ।