नेपाली सेनाका भूतपूर्व सैनिक भारतमा मृत फेला
बैंगलोर । भारतको बैंगलोरमा नेपाली सेनाका भूतपूर्व सैनिक मृत फेला गर्नु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका, १९ का ३८ वर्षिय राजेन्द्र प्रशाद अवस्थी मृत फेला पर्नु भएको सुदूरपश्चिमेली नेपाली समाजका संस्थापक सदस्य तथा पूर्व कोषाध्यक्ष भुवन प्रशाद भट्टले बताउनु भयो ।
अवस्थी रोजगारीको सिलसिलामा एक सता अघि पहिलो पटक भारतको बैंगलोर जानु भएको थियो । बैंगलोरको जेसी नगरबाट तिन दिन देखि वेपत्ता हुनु भएका अवस्थीको शव गएराति वेवारिसे अवस्थामा सडकको किनारामा फेला परेको भट्टले बताउनु भयो ।
यस घटनाका बारेमा नेपाली सेनाका सूचना अधिकारी सहायक रथी नारायण सिलवालसंग कुरा गर्दा नेपाली सेनालाई यस बिषयमा कुनै जानकारी नरहेको बताउनु भयो । सहायक रथी सिलवालले वहालवाला सैनिकको हकमा यस प्रकारको घटनामा सेनाले केही गर्न सक्ने भएपनि भूतपूर्व सैनिक आम नागरिक सरह रहने भएकाले यो घटना आफ्नो अधिकार क्षेत्रमा नपर्ने बताउनु भयो ।
‘भू.पू सौनिक भन्ने वित्तिकै उहाँ साधारण नागरिक हो । यस विषयमा नेपाली सेनालाई कुनै जानकारी छैन । वहालवाला सैनिकको हकमा हामीले केही गर्न सक्ने अवस्था हुन सक्यो, ’ सहायक रथी सिलवालले भन्नु भयो,‘ भूतपूर्व सैनिकको निगरानी नेपाली सेनाले गर्दैन । त्यसकारण यो घटनाको बारेमा सेनालाई कुनै जानकारी छैन’ ।
मृत अवस्थी बि.सं. २०५९ भदै ११ गते नेपाली सेनामा भर्ती हुनु भएको थियो । उहाँले २०७५ माघ १९ गते सैनिक सेवाबाट अवकास लिनु भएको थियो ।
जिवनको सबैभन्दा उर्जावान समय राष्ट्रिय सुरक्षामा विताएका सैनिक विदेशी मुलुकमा मृत फेला पर्दा पनि नेपाली सेनाले आफुहरुलाई जानकारी समेत नभएको भन्दै गैरजिम्मेवार जवाफ दिएकोमा पूर्व कोषाध्यक्ष भट्टले दुख व्यक्त गर्नु भयो ।
नेपाली सेनाका तल्लो तहका सैनिकहरुले पाउने गरेको परिश्रमिकले जिविकोपार्जन गर्न सकेत गारो हुने गर्दछ । त्यस कारण हाल अवकाश पछि नेपाली सेनाका तल्लो तहका सैनिकहरु थप अर्थोपार्जन गर्न वैदेशिक रोजगारीका लागी भारत सहित अन्य मुलुक जाने गर्दछन् ।
