एनआरएन अमेरीका निर्वाचन : बिभिन्न च्याप्टर सभापतीमा एकल उम्मेद्धारी
के सी शेर
टेक्सास (अमेरीका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको निर्वाचन प्रक्रिया शुरु भएसंगै अमेरीका भर नेपाली डायस्पोरा गरमागरम बनेको छ । निर्वाचन कार्यतालिका अनुसार अनलाईन मार्फत मनोनयन दर्ता सकिएसंगै बिभिन्न च्याप्टरमा एकल उम्मेद्धारी परेको छ । बिशेषगरि यसपटक देखी च्याप्टरको मान्यता पाएका राज्यहरुमा सभापती लगायतका पदहरुमा दोहोरो उम्मेद्धारी नपरेको बुझिएको छ यद्यपी निर्वाचन समितीले उम्मेद्धारहरुको अन्तिम नामावली प्रकाशन गरेपछि यसको पुष्टि हुनेछ ।
हिमालपाटीलाई अहिलेसम्म प्राप्त जानकारी अनुसार ५ वटा च्याप्टरको सभापतीमा एकल उम्मेद्धारी परेको छ ।
१- केन्टकी च्याप्टर
केन्टकी च्याप्टर सभापतीमा डिलु पराजुलीको मात्रै उम्मेद्धारी परेको खबर छ ।

यसैपटक देखी च्याप्टरको मान्यता पाएको केन्टकीमा सबैको सल्लाह अनुसार सभापतीमा डिलु पराजुलीको मात्रै मनोनयन दर्ता भएको छ । नेपालमा स्याङ्जा घर भई करिब १४ वर्ष अघि अमेरीका आएका पराजुली सामाजिक व्यक्तित्व हुनुहुन्छ ।
२- मिचिगन च्याप्टर
मिचिगन च्याप्टर सभापतीका लागी बिपिन श्रेष्ठको मात्रै उम्मेद्धारी मनोनयन दर्ता भएको खबर छ ।

नेपालमा बुटवल घर भई करिब १५ वर्ष अघि अमेरीका आएका श्रेष्ठ अहिले पनि च्याप्टर सभापती हुनुहुन्छ । मिचिगनको नेपाली समाजका लागी अझै सकारात्मक कार्यहरुको थालनी गर्न सबैको सल्लाह अनुसार फेरी अर्को कार्यकालका लागी सभापतीमा मनोनयन दर्ता गरेको बताउनुभयो ।
३- भर्जिनिया च्याप्टर
भर्जिनिया च्याप्टर सभापतीका लागी गोबिन्द स ुबेदीको मात्रै उम्मेद्धारी दर्ता भएको खबर छ ।

नेपालको तनहुंबाट करिब १० वर्ष अघि अमेरीका आएका स ुबेदी भर्जिनिया क्षेत्रमा सक्रिय समाजसेबी हुनुहुन्छ ।
४- IOWA च्याप्टर
IOWA च्याप्टर सभापतीमा महेन्द्र बस्नेतको मात्रै उम्मेद्धारी परेको खबर छ ।

नेपालमा झापा बाट काठमाण्डौ हुदै करिब २२ वर्ष अघि अमेरीका आएका बस्नेत व्यवसाय संगसंगै समाजसेवामा सक्रिय हुनुहुन्छ । यसै पटक देखी च्याप्टरको मान्यता पाएको IOWAमा सबैको सल्लाह बमोजिम आफुले मात्रै सभापतीमा उम्मेद्धारी दर्ता गरेको बस्नेतले बताउनुभयो ।
५- कोलोराडो च्याप्टर
कोलोराडो च्याप्टर सभापतीका लागी राज ढुङ्गानाको मात्रै उम्मेद्धारी परेको खबर छ । कोलोराडो क्षेत्रमा सामाजिक अभियन्ताका रुपमा परिचित ढुंगाना नेपालको धरानबाट १४ वर्ष अघि अमेरीका आउनुभएको हो ।

कोलोराडोमा सक्रिय नेपाली संस्था नेपाली घरका पुर्व उपाध्यक्ष तथा एनआरएन अमेरीका कोलोराडो च्याप्टरको सचिव समेत भइसकेका ढुंगानाले नेपाली समुदायका लागी सकारात्मक कार्यहरुको थालनी गर्न योजनासहित च्याप्टर सभापतीमा उम्मेद्धारी दर्ता गरेको बताउनुभयो ।
निर्वाचनका बेला मात्रै एनआरएनको सदस्य बन्ने वातावरण हटाउन कोलोराडो च्याप्टर मार्फत सकारात्मक कार्यको थालनी गर्ने बताउंदै ढुंगानाले नेपाली भाषामा ड्राइभर लाइसेन्सको परिक्षा, राज्य प्रमुखसंग समन्वय तथा भेट गरेर नेपालीहरुलाई स्वरोजगार तालिम लगायतका कार्यहरुको तत्काल थालनी गर्ने बताउनुभयो ।
अर्को महिनाको ११ र १२ तारिखमा एनआरएन अमेरीकाको निर्वाचन हुने कार्यक्रम जसमा च्याप्टरको पनि निर्वाचन जोडिएको छ । उम्मेद्धारी दर्ता गरेका बिभिन्न पदका उम्मेद्धारहरुले सामाजिक संजालमा प्रचारप्रसार व्यापक बनाएका छन् ।
अध्यक्ष पदमा मात्रै ५ जनाले उम्मेद्धारी दर्ता गरेका छन् । बर्तमान अध्यक्ष डा. केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षहरु राम सी पोखरेल र रबिना थापा तथा व्यवसायी गौरी जोशीले अध्यक्षमा उम्मेद्धारी दर्ता गरेका छन् । बढि सदस्य संख्या भएका टेक्सास, क्यालिफोर्निया लगायतका च्याप्टरमा सभापतीका लागी एक भन्दा बढि उम्मेद्धारी दर्ता भएपनि अन्य कतिपय च्याप्टरहरुमा भने एकल उम्मेद्धारी परेको हुन सक्ने अनुमान गरिएको छ ।