रुसको एक निजी नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु
केमेरोभो । रुसको एक निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् ।
रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो सहरमा आगलागी भएको र क्षतिको थप विविरण आउन बाँकी रहेको रुसको आपतकालीन अवस्था मन्त्रालयलाई उद्रित गर्दै सिन्ह्वाले जनाएको छ ।
पानी तताउन प्रयोग गरिएको चुलो गलत तरिकाले प्रयोग गर्दा आगलागी भएको बताइएको छ । शुक्रबार राति एउटा निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो ।
आगलागीका कारण अप्रिय घटना घटेको भन्दै केमेरोभोका गभर्नर सर्गेई सिभिलेभले दुख व्यक्त गर्नु भएको छ । साथै गभर्नर सिभिलेभले मुख्यतया निजी र यस प्रकारका सबै संस्थाहरूको एक हप्ता भित्र निरीक्षण गरिने बताउनु भयो । एजेन्सी