एनआरएन अमेरीका निर्वाचन : बोर्ड अफ डाइरेक्टरका उम्मेद्धार बिष्णु शाह
क्यालिफोर्निया- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बिष्णु बहादुर शाहले उम्मेद्धारी दर्ता गर्नुभएको छ ।
लामो समयदेखी अमेरीकाको सानफ्रान्सिस्को क्यालिफोर्नियामा रहेर व्यवसाय र समाजसेवामा सक्रिय शाहले एनआरएन मार्फत समाजसेवालाई अझै फराकिलो बनाउन आगामी २०१७/२०१९ कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको बताउनुभयो ।
नेपालमा अछाममा जन्मेर नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापती तथा त्रिभुवन विश्व विद्यालयमा नेबिसंघको सचिव र उपसभापती भइसकेका शाह नेपालमा रहंदा पनि समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । नेपाली कांग्रेसको महाधिबेसन प्रतिनिधी समेत भइसकेका शाहले एनआरएन अमेरीकाको आगामी कार्यकालका बोर्ड अफ डाइरेक्टरमा बनोनयन दर्ता गरिसक्नुभएको छ ।
प्रवासी नेपालीका हितका लागी बिभिन्न एजेण्डा सहित अगाडी आएका शाहले बोर्ड अफ डाइरेक्टरमा सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ ।
आउंदो अगष्ट ११ र १२ तारिखमा एनआरएन अमेरीकाको निर्वाचन हुदैछ ।