पहिलो क्वालिफायर्समा लुम्बिनी र जनकपुर प्रतिस्पर्धा गर्दै
काठमाडौं। नेपाल टी–२० लिगको पहिलो क्वालिफायर्समा आज टिम लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्स प्रतिस्पर्धा गर्दै छन् ।
आज अंक तालिकाका दुई शीर्ष दुई टोली लुम्बिनी र जनकपुर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो क्वालिफायर्स खेल मध्याह्न साढे १२ बजेदेखि सुरु भएको छ ।
लुम्बिनी १० खेलमा आठमा जित र दुईमा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा रहदै क्वालिफायर्समा स्थान बनाएको थियो । त्यस्तै जनकपुर १० खेलमा सातमा जित र तीन मा हारसहित १४ अंकका साथ लिगमा दोस्रो हुदै क्वालिफायर्समा पुगेको हो ।
आजको विजेता टोली सिधैं फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि सोमबार हुने एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ । मंगलबार दोस्रो क्वालिफायर्स र फाइनल खेल बुधबार हुनेछ ।