चेल्सीको लगातार तेस्रो हार
लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । गयराति भएको खेलमा फुलह्यामसँग चेल्सी २–१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा विलियनले खेलको २५ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई सुरुवाती अग्रता दिलाउनु भयो । ४७ औं मिनेटमा कलउड कुलब्लीले गोल गर्दै चेल्सीलाई बराबरीमा फर्काएपनि खेलको ७३ औं मिनेटमा कार्लोस भेनिसिएसले गोल गर्दै फुलह्यामको जित शुनिश्चित गर्नु भयो ।
खेलको ५८ औं मिनेटमा जोआओ फेलिक्सले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो । जितसँगै फुलह्याम ३१ अंकसहित छैटौ स्थानमा रहेको छ भने पराजित भएको चेल्सी २५ अंकसहित १० औं स्थानमा छ । चेल्सी २०२३ लागेपछि लगातार ३ खेलमा पराजित भएको छ । जसमा दुई खेल म्यानचेस्टर सिटीविरुद्ध गुमाएको थियो । सिटीसँग प्रिमियर लिग र एफए कप दुवैमा चेल्सीले पराजय भोगेको हो । एजेन्सी