डालसमा वालवालिकाका लागी आध्यात्मिक शिक्षा र योग सहितको समर क्याम्प हुदै
डालस- टेक्सासको डालसमा वालवालिकाका लागी योगा तथा आध्यात्मिक शिक्षा सहितको समर क्याम्प आयोजना गरिने भएको छ ।
नेपाली समाज टेक्सासको आयोजनामा यही आउंदो जुलाई १६ तारिख देखी २९ तारिख सम्म समर क्याम्प संचालन गर्न लागेको समाजका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो ।
उहांका अनुसार क्याम्पमा वालवालिकाको लागी नैतिक शिक्षा, हिन्दु दर्शन तथा योगको बारेमा जानकारी गराइनेछ । क्याम्पको संचालन डा. चिन्तामणी योगीले गर्नुहुनेछ ।
दुई हप्ता सम्म चल्ने समर क्याम्प बिहान ९ बजेदखी दिउंसो ४ बजे सम्म चल्नेछ । ५ देखी १६ वर्ष सम्मका वालवालिकालाई क्याम्पमा पठाएर सहयोग गर्न नेपाली समाजले सबैमा आग्रह गरेको छ ।
क्याम्पमा सहभागी हुन १ सय डलर शुल्क लाग्ने र सोही शुल्कबाट सहभागी वालवालिकालाई खाना र स्टेशनरी प्रदान गरिने समाजका अध्यक्ष लामिछानेले बताउनुभयो । डा. योगीले यस्तै क्याम्प यसअघि पनि सफलतापुर्वक संचालन गरिसक्नुभएको बताइएको छ ।
क्याम्प डालसस्थित पशुपती तथा बुद्ध मन्दिर परिसरमा संचालन गरिनेछ ।