युएईको भुमिमा नेपालको लज्जास्पद हार
एएफसी अन्डर २३ फुटबल च्याम्पियनसिपको छनोट खेलमा नेपाल घरेलु टोली युएईसंग ५–० ले पराजित भएको छ । ताहनोन विन मोहमेद रंगशालामा भएको खेलमा नेपालले लज्जास्पद हार ब्यर्होर्यो ।
समुह चरणको आफ्नो खेलमा पराजित भएसंगै नेपाललको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।
खेलको छैटौ मिनेटमा युएईले अहमेद हुसेनको गोल मार्फत अग्रता लियो । नेपालको कमजोर डिफेन्सको फाईदा उठाउदै अहमेदले २० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । त्यसको तीन मिनेटपछि मोहमेद अलकवेरीले युएईलाई ३–० को स्थितीमा पुर्याए ।
पहिलो हाफमै चार गोलको अग्रता लिने क्रममा ३३ औ मिनेटमा खालिद रहिमले गोल गरे । मध्यपङ्ती र डिफेन्समा फिक्का देखिएको नेपालले ६० औ मिनेटमा पाँचौ गोल खायो । मोहमेह रसिदले हेडमार्फत युएईका लागि गोल गरे ।
नेपालले अब साविक विजेता उज्वेकिस्तान र लेवनानसंग खेल्नेछ । राउण्ड रोविन लिगको आधारमा खेलाईएको प्रतियोगिताको शीर्ष टोली अर्को बर्ष चीनमा हुने प्रतियोगितामा सिधै छनोट हुनेछ ।