एनआरएन टेक्सास च्याप्टर महासचिव, कोषाध्यक्ष र उपाध्यक्ष निर्विरोध अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा
टेक्सास – एनआरएन अमेरीका टेक्सास च्याप्टरको उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमश दोर्ण गौतम, पदम ठकुराठी र सतिश ओझा निर्विरोध निर्वाचीत भएका छन् ।
बिहिबार राती एनआरएन अमेरीकाको निर्वाचन समितीले सार्वजनिक गरेको पहिलो चरणको उम्मेद्धारहरुको नामावलीमा टेक्सास च्याप्टरको उपाध्यक्षमा दोर्ण गौतम, महासचिवमा पदम ठकुराठी तथा कोषाध्यक्षमा सतिश ओझाको मात्रै उम्मेद्धारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
कोषाध्यक्ष ओझा टेक्सासको डालस, महासचिव ठकुराठी टेक्सासको अष्टिन तथा उपाध्यक्ष गौतम टेक्सासको ह्युस्टन निवासी हुन् ।
निर्वाचन समितीले उम्मेद्धारहरुको अन्तिम नामावली भने २९ तारिखमा मात्रै सार्वजनिक गर्दैछ । टेक्सास च्याप्टर अध्यक्षका लागी भने दुई जनाको प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका लागी बिकाश उप्रेती र भानु खरेलबीच प्रतिस्पर्धा हुने भएको हो ।
आगामी अगष्ट महिनाको ११ र १२ तारिखमा निर्वाचन हुदैछ ।