क्यालिफोर्निया पछि डा. पौडेलको चुनावी प्रचारप्रसार न्युयोर्कमा
न्युयोर्क- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा अध्यक्षका सबैभन्दा बलिया प्रत्यासी एवम वर्तमान अध्यक्ष डा. केशव पौडेलले क्यालिफोर्निया पछि न्युयोर्कमा चुनावी भेटघाट तथा प्रचारप्रसार तिब्र पार्नुहुने भएको छ ।
नर्थ क्यारोलिना, कोलोराडो, क्यालिफोर्निया पछि बढि मतदाता रहेको न्युयोर्कमा डा. केशव पौडेल र उहांको टिमले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । डा. पौडेलको टिमले आउंदो २९ तारिख शनिबार न्युयोर्क स्थित शेर्पा किदुङमा सांझ ६ बजेपछि अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
आफ्नो टिमको घोषणापत्र सहित प्रचारप्रसार व्यापक बनाएका डा. पौडेल र उहांको टिमले न्युयोर्कका नेपालीहरुलाई आगामी कार्यकालका योजना तथा बर्तमान कार्यसमितीले गरेका कामहरु लगायत सहभागी नेपालीहरुको जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ ।
आउंदो अगष्ट ११ र १२ तारिखमा हुन लागेको निर्वाचनका लागी टेक्सास, क्यालिफोर्निया र न्युयोर्कमा मतदाता बढि रहेका छन् ।