अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राईको स्वर रहेको ‘गाईदेउन गीत‘ को म्युजिक भिडियो केहि साता अघि युटबमार्फत सार्वजनिक गरिएको छ । दर्जनौ चर्चित गीतमा स्वर दिईएकी गायिका राईको यस भिडियोमा अस्मिता बुढाथोकीले फिचरिङ गरेकी छिन् ।
मोडलिङ क्षेत्रमा निकै सम्भाव्यता बोकेकी अस्मिताको नृत्य तथा अभिनयलाई धेरैले प्रशंसा गरेका छन् । मिलन बुढाथोकीले निर्माण गरेको उक्त भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । शब्द प्रमोद स्नेह श्रेष्ठले कोरेका छन् भने म्युजिक/अरेन्ज टंक बुढाथोकीको रहेको छ । ज्ञानेन्द्र शर्माले छायाँङ्कन गरेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।