विश्वकै सर्वाधिक चिसो ठाउँ , जहाँ मान्छे मरे ३ दिन लाग्छ खाडल खन्न
एजेन्सी –विश्वकै सर्वाधिक चिसो हुने ठाउँ हो रुस । रुसकाे एउँटा गाउँमा ७१ डिग्री तापक्रम रहेको यो स्थान रुसमा पर्छ । रुसको ओयमयकों गाँउमा यो स्थान विश्वकै सर्वाधिक चिसो स्थान मध्येको हो ।
जहाँ आजपनि मानव बस्ती रहेको छ । रूसको ओयमयकों गाँउमा ५०० मानिसहरुको बसोबार रहेको बताइएको छ ।
जहाँको तापक्रम सामान्य अवस्थामा समेत माइनस ५० डिग्री रहने गरेको छ । घोडा र हरिणको मासु खाएर उक्त स्थानमा बस्ने मानिसहरुलाई सबैभन्दा ठूलो समस्या त्यतिबेला पर्छ जतिबेला उक्त स्थानमा कसैको मृत्यु हुन्छ ।
कसैको मृत्यु भए त्यसलाई गाड्न ३ दिन लाग्छ । मृत्यु भएपछि शव गाड्नका लागी ३ दिनसम्म उक्त खाडल खन्नका लागी कोइला बाल्नुपर्ने हुन्छ । जुन सँधै सबै समयमा सम्भव नहुन पनि सक्छ ।