संखुवासभामा जिप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु
पुस ३० – संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ ।
खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका – ३, सामाटारमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो।
अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली घटनास्थलतर्फ गइरहेको उनले बताए ।
स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।
उनीहरू जिल्ला समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।