बामदेवलाई भेट्न भारतीय राजदुत भैंसेपाटी प्रस्थान
काठमान्डौ, २२ साउन। सतारुद दल नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा भैंसेपाटी पुगेका छन् ।
पछिल्ला दिनहरुमा चीनियाँ राजदूतको नेपाली नेता भेटने दौडधुप बढेका बेला यता अर्का छिमेकी राष्ट्र भारतका राजदूत विनयमोहन क्वात्रा गौतम निवास प्रस्थान गर्नु अर्थपूर्ण छ ।
यतिबेला बामदेव गौतम नेकपाभित्र निर्णयक मानिदै आएका छन् । उनलाई आफ्नो पक्षमा लिन यतिबेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका बीचमा प्रतिश्पर्धा नै चलेको छ ।
नेकपा भित्रको राजनीतिक कलह पेचिलो बनिरहेका बेला चाइनिज र भारतीय राजदूतहरुले आलोपालो नेकपाका शीर्ष नेताहरुलाई भेटिरहेका छन् ।