सुनको मूल्य तोलामा ९ सयले सस्तियो, चाँदीको मूल्य भने बढ्यो
काठमाण्डौ, २५ साउन । झण्डै दुई सातादेखि निरन्तर नेपाली बजारमा बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आइतबार भने समान्य गिरावट आएको छ ।
सुनको भाउ अघिल्लो दिनको कारोबारको तुलनामा तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय कारोबार मूल्यमा कारोबार भएकोे सुनको भाउ आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा झरेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलाको १ हजार ४ सय १० रुपैयाँ भएको छ भने शुक्रबार भने चाँदीको भाउ १४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।