उपत्यकामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु, नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुग्योे
काठमाडौं । ललितपुरमा कोरोनाभाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अस्पतालमा उपचारका क्रममा ५० वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएकोे हो ।
आज बिहान ९ बजे काभ्रे निवासी ती महिलाको मृत्यु भएको थियो भने उनी साउन २५ गते अस्पताल भर्ना भएकी थिइन् । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो भने उनको आज दिउँसो ४ बजेतिरमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
अस्पतालका अनुसार नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको छ भने योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।