भारतको केन्द्र सरकारले दियो सिबिआइलाई सुशान्त सिंह आत्महत्या प्रकरणको जाँच गर्न अनुमति
एजेन्सी, २१ साउन । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको विषयलाई लिएर भारतको केन्द्र सरकारले सिबआिइ जाँच गर्न अनुमति दिएको छ ।
यो प्रकरणका लागि बिहार सरकारले केन्द्र सरकारसंग सिबिआइ जाँच गर्न अनुमति मागेको थियो ।
यसैगरी बिहार प्रहरीले शुसान्त आत्महत्या प्ररणको अनुसन्धान गर्दै गर्दा विवादमा मुछिएकी सुशान्तकी गर्लफ्रेन्ड भनिएकी रिया चक्रवर्तीको याचिकामाथि पनि त्यहाँको सर्वोच्च अदालतद्वारा सुनुवाईको कारवाही भइरहेको छ भने रियाले आफ्नो याचिकामा बिहारमा जाँचलाई चुनौति दिएकी छिन् ।
त्यस्तै पछिल्ला दिन सुशान्तका पिता केके सिंहले पटना प्रहरीमा रियाविरुद्ध एफआइआर दर्ज गरिकेका छन् ।