पर्सास्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरीका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ६० पुरूष र १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाको २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् । संक्रमित हुनेमा १२ वर्षदेखि ६८ वर्ष सम्मका रहेका छन्
कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, जिल्ला प्रहरी कार्यालयका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।