डोटीमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु, ३१ घाइते
डोटी, २८ साउन । आज बिहान डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस बिहान ६ बजे डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा दुर्घटनामा परेको हो र दुर्घटनामा परी मृत्यु हुनेको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुुसार नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारको लागि पठाइएकोे छ ।
त्यस्तै बस सडकबाट ३० मिटर तल खसेको थियो भने वर्षाका कारण सडक चिप्लो भएर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ ।