त्रिवि अस्पतालका २ जना डाक्टर र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि, आकस्मिक विभाग सिल
काठमाण्डौ, २९ साउन । काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासका अनुसार आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुई जना डाक्टरलाई कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक विभाग बुधबार नै सिल गरिएको छ ।
त्यस्तै आकस्मिक विभागका कर्मचारीको बिहीबार (आज) पिसीआर परीक्षण गरिनेछ भने अन्यमा कोरोना संक्रमण फैलिएको यकिन नभएसम्म आकस्मिक विभाग बन्द रहने दासले बताएका छन् ।
उनका अनुसार अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु नै रहेको छ ।