बालुवाटारमा बसेको ओली र प्रचण्डबीचको वार्ता सकियो, पार्टीभित्रको विवाद चाँडै समाधान हुने संकेत
काठमाडौ, २९ साउन । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल सकिएको छ ।
यसैगरी पार्टीभित्रको गतिरोध अन्त्य तथा समाधान गर्न बसेको छलफल सही दिशातिर अघि बढेको नेताहरुको भनाइ छ । दाहालका प्रेस संयोजक बिष्णु सापकोटाका अनुसार पार्टीभित्रको विवाद समाधानका लागि गरिएको वार्ता समाधान उन्मुख भएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजन संवादमा नेकपाको विवाद मिल्ने घोषणासहित ५ दिनको डेटलाइन तोकेका थिए भने ५ दिनको डेटलाइन तोकेको भोलिपल्ट अध्यक्ष प्रचण्ड उनलाई भेट्न बालुवाटार पुगेका थिए ।
त्यस्तै गत मंगलबार लगानी बोर्डको सिइओ नियुक्तिको बिषयलाई लिएर ओली–दाहालबीच मतभेद सुरु भएको थियो । त्यही विवादपछि दुई अध्यक्षबीच भेटवार्ता हुन सकिरहेको थिएन ।