‘प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर अफवाह फैलाउने पत्रकार पक्राउ
काठमाडौं, २९ साउन । आफूलाई पत्रकार दावी गर्ने एक जना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर घर भएका ५४ बर्षीय सुनिल शर्मालाई बूढानीलकण्ठबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
त्यस्तै आफू दैनिक भारत र उक्ता भारतको पत्रकार दावी गर्ने र नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर फेसवुकमा लेखेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विश्वहिन्दु महासंघको नेपाल व्यूरो चिफ समेत दावी गर्ने उनलाई अफवाह फैलाएको कसुरमा हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ ।