कोरोना संक्रमित भेटिएपछि काठमाडौंका २५ ठाउँमा सिल (विवरणसहित)
काठमाडौं, ३० साउन । उपत्यका भित्र पनि कारोना भाइरसको संक्रमण बढ्दै गएपछि नागरिकको स्वास्थ्य सुरक्षाका लागि उपत्यकाका २५ वटा ठाउँ सिल गरिएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता इन्द्रमान डङ्गोलका अनुसार कोरोना भाइरसको संक्रमण उपत्यकामा फैलिँदै गएपछि उपत्यका मुख्य ठाउँहरु असन, न्युरोड, रञ्जना गल्ली, भोटाहिटी, इन्द्रचोक लगायतका ठाउँमा सिल गरिएको हो ।
त्यस्तै काठमाडौं महानगरपालिकाको २१ नम्बर वडा भोटेबाहाल, लगनटोल, कुमारीगल पनि कोरोना संक्रमित भेटिएपछि सिल गरिएको छ ।
यसैगरी प्रवक्ता डंगोलका अनुसार २२ नम्बर वडाको रञ्जना गल्ली, भोसेको (रञ्जना गल्लीको उत्तरपट्टि), ओटो, गुँचाटोल र २७ नम्बर वडाको भोटाहिटी, न्युरोड सबै, इन्द्रचोक, मखन टोल लगायतका ठाउँहरू सिल गरिएको हो ।
सिल गरको क्षेत्रहरुमा अत्यावश्यक कामबाहेक अन्य कसैलाई पनि आवतजावत गर्न नदिने र सो क्षेत्रमा कोरोना परीक्षण भैरहेको प्रवक्ता डंगोलले बताएका छन् ।