पछिल्लो २४ घण्टामा थपिए ५ सय ९४ नयाँ कोरोना संक्रमित, २ सय ४० जना डिस्चार्ज
काठमाडौं, ३० साउन । पछिल्लो २४ घण्टामा देशभर ५ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोना संक्रमणमुक्त घर फर्किएका छन् । योसंगै हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्कि सकेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ छ भने विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ४ जना मृतकमा कोरोना पुष्टि भएको हो ।