गृहमन्त्री थापा राहत सामग्री लिएर सिन्धुपाल्चोकका जुगल गए
३० साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाली सेनाको हेलिकप्टरमा राहत सामग्री लिएर पहिरो गएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका छन् ।
गृहमन्त्री थापा सहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतका टोली लिएर सिन्धुपाल्चोक गएका छन् ।
त्यस्तै दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाल लगायत लिएर टोली पहिरो गएको स्थलतर्फ जाँदै गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनु भएको छ ।
शुक्रबार बिहान ६ बजेतिर आएको पहिरोमा २२ घर पुरिँदा जुगल गाउँपालिकामा ३८ जना बेपत्ता भएका छन् भने उनीहरुको खोजी तथा उद्दार कार्य जारी छ ।