काठमाडौं महानगरले सिल गरिएका क्षेत्रको फोहोर तत्काल संकलन नगर्ने
काठमाडौं, ३० साउन । काठमाडौं महानगरपालिकाले सटडाउन तथा सिल गरिएका क्षेत्रको फोहोर तत्काल संकलन गर्न नसक्ने जनाएको छ ।
त्यस्तै सिल गरिएका क्षेत्रमा आवात जावतमा प्रतिबन्ध लगाइएको हुँदा नागरिकलाई आफ्नो घरमा जम्मा भएका फोहोर आफ्नै स्थानमा व्यवस्थापन गर्न महानगरको वातावरण विभागले अनुरोध गरेको छ ।
यसैगरी वडाले ७ देखि १५ दिनसम्म सिल गरेको क्षेत्रमा आवत जावतमा प्रतिबन्ध लगाएको हुदाँ त्यतिन्जेलसम्मको लागि फोहोरलाई घरमै व्यवस्थापन गरिदिनुहुन विभागका प्रमुख हरिकुमार श्रेष्ठले आग्रह गरेका छन् ।
यसैगरी काठमाडौं महानगरमा रहेका ३२ वडा मध्ये कोरोना जोखिम बढेका केही क्षेत्रमा सिल गरिएको छ ।