पछिल्लो २४ घण्टामा देशभर ४६८ जना नयाँ कोरोना संक्रमित थपिए, १२४ जना डिस्चार्ज भए
काठमाडौं, ३१ साउन । पछिल्लो २४ घण्टाको अवधिमा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कुल संक्रमितको संख्या २६ हजार १९ संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबार मात्रै थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै अहिलेसम्म १७ हजार २०१ जना निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै पछिलो २४ घण्टाको अवधिमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ भने (आज)शनिबारसम्म ५ लाख ६ हजार ६० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार शनिबार देशभर १४ हजार ४४८ जना क्वारेन्टाइनमा रहेका छन् ।