रुसले बनाएको कोरोनाविरुद्ध खोपले काम गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास
एजेन्सी, ३१ साउन । शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
ट्रम्पले रुसले बनाएको खोपका बारेमा धेरै थाहा नभएपनि तर त्यो प्रभावकारी, उपयोगी हुनुका साथै त्यसले काम गर्नेर्छ भन्ने आफू विश्वस्त रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले रुसले बनाएको खोपका बारेमा सकारात्मक धारणा राखेका छन् भने कोरोनाभाइरस विरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उनको भनाई रहेको छ ।
उनले चाँडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताए ।
उनका अनुसार आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिनेछ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको उनले बताए ।