नदीमा मोटरसाइकल खस्दा एकको मृत्यु, एक बेपत्ता
दाङ, ३२ साउन । दाङको सानो राप्ती नदीमा मोटरसाइकल खस्दा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।
वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार लमहीबाट–गढवा जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकल गए राति करिब ११ बजेतिर बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुबै जना नदीमा खसेको हो ।
सो घटनामा परी दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् ।
त्यस्तै बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको र मृतकको शवलाई लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।