कपिलवस्तुमा भदौ ७ गतेसम्म निषेधाज्ञा थप गरीयो
बुटवल, ३२ साउन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञाको अवधि थप गरेको छ । यसअघि साउन २७ गतेदेखि जारी गरिएको निषेधाज्ञा आइतबार रातिबाट सकिन लागेको हुनाले नागरिकको सुरक्षाका लागि थप गरिएको हो ।
निषेधाज्ञाको अवधि सकिए पनि कोरोना संक्रमणको जोखिम यथावत नै रहेको हुनाले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पुनः निधेषाज्ञा भदौ ७ गतेसम्म थप गरेको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले अत्यावश्यक क्षेत्रबाहेकका सबै क्षेत्र बन्द गरिएको जानकारी दिएका छन् भने सो अवधिभर अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालन नगर्न पनि आग्रह गरेका छन् ।
हालसम्म कपिलवस्तुमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ भने त्यहाँ हालसम्म ९ सय ३५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।