इलामको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ
इलाम, १ भदौ । इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारेन्टाइनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना परीक्षण्का रिपोर्ट नेगेटिभ आएको छ ।
भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका थिए ।
नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीका अनुसार उनको मृत्युपछि सबै त्रस्त बनेका थिए तर आज उनको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या भएपछि उनको उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । मृतकको कोरोना रिपोर्ट नेगेटिभ आएकाले नगरवासीलाई त्रसित नहुन नगरपालिकाले आग्रह गरेको छ ।