म्यानचेस्टर सिटीको जित
पुस २३ – म्यानचेस्टर सिटीले एफए कप अन्तर्गत तेस्रो चरणको पहिलो लेगमा प्रभावितशाली जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५–० ले हराएको हो । सिटीलाई जिताउन याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोनसले गोल गरे ।
वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले एउटा आत्मघाती गोल गरे । सिटीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । ३३ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै टुरेले सिटीलाई सुरुवाति अग्रता दिलाए । नोर्डट्भाइटले आत्मघाती गोल गरेपछि सिटीको अग्रता दोब्बर भयो ।
४३ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । दोस्रो हाफमा थप दुई गोल भयो । ५० औं मिनेटमा अग्युरो तथा ८४ औं मिनेटमा स्टोनसले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।