वर्कशपहरु भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय
काठमाडौं, १ भदौ । नेपाल अटोमेकानिक्स व्यवसायी संघले सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।
हालका दिनहरुमा उपत्यकामा पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको र नागरिकको स्वास्थ्य सुरक्षाका साथै अटो वर्कशपहरुको पनि सुरक्षाको लागि भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको संघले जानकारी दिएको छ ।
संघका अनुसार भदौ १५ गतेसम्म आफ्नो वर्कसप संचालन नगर्ने र अत्यावस्यक सवारी साधनहरु मर्मत गर्नुपरेमा वर्कशपमा माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता एल्कोहोल–बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र काम गर्नुपर्नेछ ।