काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्संगै निषेधाज्ञा लगाउने तयारी
काठमाण्डौ, २ भदौ । काठमाण्डौ उपत्कामा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गएको हुनाले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने तयारी गरेका हुन् ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार काठमाण्डौ र ललितपुरका सिडिओहरुसँग निषेधाज्ञा लगाउने विषयमा छलफल जारी छ ।
त्यस्तै उनले काठमाण्डौ उपत्यकामा बढिरहेको कोरोना संक्रमण दरलाई मध्यनजर गर्दै सरकारसँग समन्वय गरेर निषेधाज्ञा लगाउनका लागि संयुक्त बैठक बसेर निर्णय गर्ने जानकारी दिएकी छिन् ।
काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा उच्च दरमा फैलिरहेको हुनाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने सिडिओ पाण्डेले बताएकी छिन् ।