म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको आरोपमा एक पक्राउ
काठमाडौं, २ भदौ । ‘देशद्रोही’ शीर्षकमा युट्युबमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको उक्त व्यक्तिको नाम भने खुलाइएको छैन ।
अपराध महाशाखाका एसएसपी दिपक थापाका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।
यसैगरी मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।