राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दुःख व्यक्त एवंम् शोक सन्तप्त परिवारप्रति समवेदना
काठमाडौं, ३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्।
उनले बुधबार एक विज्ञप्ति सार्वजनिक गरेर निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व भन्दै राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका पूर्व राजाको सचिवालयले जानकारी दिएको छ ।
पूर्व राजा शाहका अनुसार देशभक्ति र प्रकृति प्रेममा आधारित स्वर्गीय राष्ट्रकवि घिमिरेका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् भने उनको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको पनि छ ।
साथै, पूर्व राजा शाहले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।