अमेरिका र चीनबीच हवाई उडानलाई लिएर नयाँ सहमति, अब हप्ताको आठ दिन उडान हुने
एजेन्सी, ३ भदौ । अमेरिका र चीनबीच तनाव जारी रहेका बेला यी दुई मुलुकबीच हवाई उडानलाई लिएर नयाँ सम्झौता भएको छ । अमेरिका र चीनबीच हप्तामा आठवटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ ।
यसैगरी हालसम्म यी दुई मुलुकबीच चारओटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको अमेरिकी यातायात विभागले वक्तव्य जारी गरेको छ ।
विभागका अनुसार नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरुलाई सहज हुने विश्वास लिइएको छ । कोरोनाभाइरसको महामारी र थप फैलिने त्रासका कारण विश्वभरी नै उडान सेवा अवरुद्ध हुने क्रममा यी दुई देशका बीचमा पनि उडान सेवामा कमी आएको थियो ।
हालको आवश्यकता र परिस्थितिलाई ध्यानमा राखी सतर्कता अपनाउँदै विस्तारै हवाई उडानन सेवा बृद्धि गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।