९ किलो चरेससहित बलम्बुबाट २२ बर्षीय युवती पक्राउ, श्रीमान् फरार
काठमाडौं, ४ भदौ । काठमाण्डौमा ९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका १२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई बुधबार मध्यराति प्रहरीले पक्राउ गरेको हो।
धादिङ गजुरी गाउँपालिका ८ की उनी बलम्बुमा डेरा गरी बस्थिन् भने उनको कोठाबाट चरेस बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटले बताएको छ ।
वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार खाटमुनि जेब्रा झोलामा लुकाएर राखेको चरेससहित थिङलाई पक्राउ गरिएको हो । तर उनका श्रीमान फूलबहादुर तामाङ भने फरार रहेको श्रेष्ठले बताएका छन् ।
उनीमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।