भारतले अव कसलाई पठाउंदैछ नेपालमा राजदुत ?
काठमाडौ । भारतले नेपालमा आफ्नो राजदुत फर्ने भएको छ । नेपालमा पछिल्लो पटक चीनको प्रभाव हावी हुँदै गएको भन्दै उच्च तहको पहुँच र कुटनीतिक क्षमता भएको व्यक्तीलाई पठाएर राजदुत रन्जीत रेलाई नेपालबाट फिर्ता बोलाउने तयारी साउथ ब्लकले गरेको हो ।
उनको कार्यकाल पनि सकिनैलागेको छ । कार्यकाल सकिनु भन्दा केही अगाडी उनलाई फिर्ता बोलाएर भारतले पूर्वसैनिक प्रमुख दलवीर सिंह सुहागलाई पठाउने तयारी गरेको छ ।
भारत सरकारले अवकाश प्राप्त पूर्वसैनिक प्रमुख सुहागलाई नेपालका लागि नयाँ राजदूतमा पठाउने तयारी थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतले पूर्व सैनिक प्रमुखलाई राजदूत बनाएर नेपाल पठाउने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सुहागलाई नेपालका लागि राजदूत बनाएर पठाइएमा ‘नेपालमा चीनको बढ्दो प्रभावलाई कम गर्न सकिने भारत सरकारको बुझाइ रहेको नवभारत टाइम्सले उल्लेख गरेको छ । नेपाल–चीनबीच पहिलो पटक आगामी फेब्रअरीमा संयुक्त सैन्य अभ्यास हुने चीनले घोषणा गरिसकेकाले पनि भारत शसंकित बनेको छ ।