पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि , ११ संक्रमितको मृत्यु
काठमाडौं, ५ भदौ । पछिल्लो २४ घण्टाको अवधिमा थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन्।
प्छिल्लो २४ घण्टाको अवधिमा २५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ ।
यसैगरी विगत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ११ पुगेको छ । यीसहित हालसम्म १३७ जना कोरोना संक्रमित मृत्यु भएको छ ।