करारका कर्मचारी हटाउने निर्णयप्रति जनमोर्चाको आपति
काठमाण्डौ, ५ भदौ । राष्ट्रिय जनमोर्चाले सघींय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहका करारमा कार्यरत कर्मचारीलाई हटाउन निर्देशन दिइएकोमा आपत्ति जनाएको छ ।
जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा शुक्रवार जारी विज्ञप्ति अनुसार कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक कोष जुटाउन प्रशासनिक क्षेत्रको खर्च कटौती गर्ने सरकारको नीति सही भएपनि ती निकायमा भएका अन्य अनावश्यक खर्चबाट कर्मचारीलाई कायम राख्नु पर्नेछ ।
तस्तै देशमा रहेका कतिपय गाउँपालिका तथा नगरपालिकामा सरकारले अझै दरबन्दी अनुसार कर्मचारी पठाउन नसकेको स्थितिमा ती तहले आवश्यकतानुसार करारमा नियुक्ति गरेका कर्मचारीलाई हटाउनु सही नहुने विज्ञप्तिमा जनाएको छ ।
यसैगरी कतिपय तहमा दरबन्दी नतोकिएका वा अति जरुरी भएकाबाहेक अन्य कर्मचारी नियुक्त गरिएको अवस्थामा भने उनीहरुलाई तुरुन्त हटाउन सो पार्टीले आग्रह गरेको छ ।