माधव नेपालका ७ सुरक्षाकर्मीको कोरोना रिपोर्ट पोजिटिभ, परिवार सबैको नेगेटिभ
काठमाडौ, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजिटिभ देखिएको हो भने संक्रमितहरुलाई आइसोलेसनमा राखिएको छ ।
त्यस्तै माधव नेपालका परिवारले तीन पटकसम्म पीसीआर परीक्षण गरिसकेका भए पनि सबैको रिपोर्ट नेगिटिभ आएको हो ।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।