सिरहामा मृत्यु भएका पुरुषको २ दिनपछि कोरोना रिपोर्ट पोजिटिभ
जनकपुरधाम, ६ भदौ । सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका वडा नं ४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।
मृतकको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
स्वास्थ्य कार्यालयका अनुसार मृतकको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको छ भने उनी उच्च रक्तचाप र मधुमेहको विरामी पनि रहेको थियो ।
योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।