वीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
वीरगञ्ज, ७ भदौ । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
मृतक थाइराइडको विरामी थिए भने उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि उनको साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो । पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।