ऋषि पञ्चमीको अवसरमा बागमती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता
रौतहट, ७ भदौ । ऋषि पञ्चमीको अवसरमा रौतहटको बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् ।
आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया रहेका छन् ।
घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय समनपुरका सई क्षेत बहादुर बरुवालको कमान्डमा ५ जना र सशस्त्र बेस क्याम्प समनपुरबाट ५ जना गरी १० जनाको टोली घटनास्थल पुगेको थियो । नदीमा पानीको बहाव बढेको कारण उनीहरुलाई बगाएको हुनसक्ने सई बरुवालले बताएका छन् ।